Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं –  रुसमा जारी फिफा विश्वकप फुटबलमा आज (सोमबार) तीन खेल हुँदैछ । विश्वकपमा आज दुई समूहका तीन खेल हुनेछ ।

विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा स्वीडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछ । समूह ‘एफ’ मा रहेको युरोपियन राष्ट्र स्वीडेन र एसियाली राष्ट्र दक्षिण कोरियाबीचको खेल नोवगोरोड़ स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । यो समूहमा मेक्सिकोले जर्मनीलाई १ – ० ले हराएर विजय सुरुवात गरिसकेको छ ।

त्यस्तै विश्वकपमा आज समूह ‘जि’ को दुई खेल हुँदैछ । समूह ‘जि’ को पहिलो खेलमा बेल्जीयम र पानमा र दोस्रो खेलमा ट्युनिसिया र इंग्ल्यान्ड भिड्दै छन् ।

बेल्जियम र पानमाबीचको खेल राति ८:४५ मा सुरु हुनेछ । यस्तै ट्युनिसिया र इंग्ल्यान्डबीचको खेलम राति ११:४५ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया