Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

news

काठमाडौं –  विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् ।

यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि दावेदारको रुपमा हेरिएको छ ।

सानो युरोपली मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो । आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ९ वजे सुरु हुनेछ ।

आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।

तपाईको प्रतिक्रिया