Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं –  फुटबलकै सबैभन्दा ठूलो रसिया विश्वकप सुरु भइसकेको छ । खेल क्षेत्रमा अब एक महिनासम्म रसिया विश्वकपले अन्य खेललाई ओझेलमा पार्ने पक्का छ । सबैजसो खेलप्रेमी विश्वकप फुटबलबारेमै केन्द्रित हुनेछन् । विश्वकपमा ३२ राष्ट्रबाट ७ सय ३६ सहभागी भएका छन् । सयौँ खेलाडीमध्ये विश्वकपमा केही यस्ता छन्, जो विश्वचर्चित मात्र नभएर धनी पनि छन् । यसै सन्दर्भमा अमेरिकन चर्चित पत्रिका फोर्ब्सले विश्वकपमा सहभागीमध्ये धनवान् खेलाडीको नाम सार्वजनिक गरेको छ ।
यसमा अर्जेन्टिनी लियोनल मेसी खेलाडीबीच सबैभन्दा धनवान् हुन् ।

त्यसपछि रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो दोस्रो तथा पिएसजीका नेमार जुनियर तेस्रो धनी खेलाडीमा रहेको फोर्ब्सले जनाएको छ । यी तीनजना समग्रमा विश्वकै धनी खेलाडीको शीर्ष दशभित्र समावेश छन् । खेलाडीहरूको मुख्य आम्दानी नै क्लबबाट पाउने वार्षिक पारिश्रमिक हो । यसैगरी, उनीहरूले विभिन्न कम्पनीसँग सहकार्य गर्दै आम्दानी गर्ने गर्छन् । फोब्र्र्सले सहभागी सबै ३२ राष्ट्रका खेलाडीलको समग्रमा वार्षिक आम्दानी ४ सय मिलियन पाउन्ड रहेको जनाएको छ । फोब्र्सले केवल विज्ञापन र वार्षिक आम्दानीको मात्र विश्लेषण गरी खेलाडी छनोट गरिएको जनाएको छ । फोब्र्सले राष्ट्रिय टिमबाट दिइने पारिश्रमिक जोडेको छैन ।

१. लियोनल मेसी (अर्जेन्टिना)


-वार्षिक आम्दानी ११ करोड १० लाख पाउन्ड

-प्रतिसाता पारिश्रमिक : ५ लाख पाउन्ड

पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेसीको कुल सम्पत्ति ११ करोड १० लाख डलर रहेको छ । आधुनिक फुटबलकै सर्वोकृष्ट खेलाडी मेसी बार्सिलोना र अर्जेन्टिनाका प्लेमेकर हुन् । बार्सिलोनाको आत्मा भनिने मेसीले क्लबबाट प्रतिवर्ष २ करोड ७० लाख डलर पारिश्रमिकका रूपमा लिने गर्छन् । एडिडास, मास्टर कार्ड तथा पेप्सीको विज्ञापन गरेबापत उनले २ करोड ७० लाख डलर थप
आर्जन गर्छन् ।

२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

-वार्षिक आम्दानी १० करोड ८० लाख पाउन्ड

-प्रतिसाता पारिश्रमिक ः ३ लाख ६५ हजार पाउन्ड

सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएयता पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा चुलिएको हो । म्याड्रिडका अध्यक्ष परेजले रोनाल्डोविनाको क्लब पूरा नहुने बताउने गर्छन् । यसै कारण रोनाल्डो स्टार खेलाडीबीच रियलका सर्वाधिक महँगा खेलाडीमा पर्छन् । उत्कृष्ट फर्म र गोल गरिरहँदासम्म रियलमा रोनाल्डो विस्थापित हुन सक्दैनन् । रोनाल्डो रसिया विश्वकपकै दोस्रो धनी फुटबलरमा गनिन्छन् । उनको वार्षिक कमाइ १० करोड ८० लाख डलर रहेको छ । रोनाल्डोले रियलबाट प्रतिसता ३ लाख ६५ हजार डलर थाप्छन् । युरोपियन च्याम्पियन्स लिग फुटबल लगातार तीनपटक दिलाएका रोनाल्डोको अब नयाँ सिजनमा वार्षिक आम्दानी बढ्ने पक्का छ ।

३. नेमार जुनियर (ब्राजिल)

-वार्षिक आम्दानी ९ करोड पाउन्ड

-प्रतिसाता ४ लाख ४५ हजार पाउन्ड

२६ वर्षीय ब्राजिलियन नेमार जुनियर व्यावसायिक फुटबलमा भाग्य चम्काउन युरोपतिर हानिएका फुटबलर हुन् । ब्राजिलको सान्तोषमा आफ्नो करिअर नदेख्दा उनले रियल म्याड्रिडको आकर्षक प्रस्तावसमेत स्विकारेनन् । सानैदेखि मेसीलाई आदर्श मानेका नेमार बार्सिलोनासँग सामान्य मूल्यमै अनुबन्ध भए । बार्सिलोनामा तीन सिजन बिताउँदा उनी विश्वकै एक स्टार खेलाडी बनिसकेका थिए । महत्वाकांक्षी सपना देख्ने नेमार पुनः आफ्नो स्टारडमलाई एक उचाइ दिन फ्रेन्च क्लब पिएसजीमा विश्वकीर्तिमान रकम १९ करोड ८० लाख पाउन्डमा अनुबन्धित हुन पुगे । जीवनमा परिवर्तन खोजिरहने नेमार अहिले विश्कपकै तेस्रो धनी फुटबलमा पर्छन् । ब्राजिलियन कप्तान नेमारले ७ करोड ३० लाख डलर पारिश्रमिकबाट कमाएका छन् । उनले १ करोड ७० लाख पाउन्ड विज्ञापनबाट आर्जन गरे ।

४. पाउल पाउग्बा (फ्रान्स)

-वार्षिक आम्दानी २ करोड ५० लाख पाउन्ड

-प्रतिसाता पारिश्रमिक :२ लाख ९० हजार पाउन्ड
फ्रेन्च मिडफिल्डर पाउल पोग्बालाई प्रशिक्षक जोसे माउरिन्होले महँगो रकममा अनुबन्धित गर्द ा आलोचना खेप्नुपरेको थियो । लगानी नगरी नतिजा आउँदैन भन्ने तर्क गर्दै औसत खेलाडीको दर्जामा रहेका पोग्बामाथि युनाइटेडले अहिलेसम्मकै बढी रकम खर्चेको अवस्था छ । तर, पोग्बाले युनाइटेडमा मिश्रित प्रदर्शन गरेका छन् । पोग्बा रसिया विश्वकपकै महँगा खेलाडीमा पर्छन् । २५ वर्षीय पोग्बाको वार्षिक आम्दानी २ करोड ९५ लाख पाउन्ड रहेको छ । युनाइटेडका महँगा खलाडी पोग्बाले प्रतिसाता २ लाख ९० लाख पाउन्ड खान्छन् ।

५. ओस्कार (ब्राजिल)

वार्षिक आम्दानी २ करोड ७४ लाख पाउन्ड

प्रतिसाता पारिश्रमिक : ४ लाख पाउन्ड

ब्राजिलियन मिडफिल्डर ओस्कार अहिले चीनको संघाई क्लबमा आबद्ध छन् । चेल्सीबाट संघाईमा अनुबन्धित हुँदा उनको सम्झौता रकम ६ करोड पाउन्ड रहेको थियो । चेल्सीमा साढे चार वर्ष बिताएपछि ओस्कारले एकाएक संघाईको राम्रो प्रस्ताव स्विकार्दै सबैलाई स्तब्ध पारे । राष्ट्रिय टोलीबाट अहिलेसम्म उनले १२ गोल गरेका छन् । उनले संघाईबाट प्रतिसाता ४ लाख पाउन्ड आर्जन गर्छन् ।

तपाईको प्रतिक्रिया