Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं –  विश्वकप फुटबल प्रतियाेगिताअन्तर्गत शुक्रबार समूह ‘बी’मा रहेका माेरक्काे र इरान भिड्दैछन् ।

एसियन राष्ट्र इरानले अफ्रिकन राष्ट्र मोरक्कोकाे सामना गर्नेछ । प्रतियाेगिताकाे पहिलाे खेलमै एसियाकाे प्रतिनिधि गर्ने साउदी अरब ठूलाे गाेलअन्तरले पराजित भएकाले इरानलार्इ त्यसकाे दबाब रहन सक्छ ।

तर, दबाब चिर्दै अाफ्नाे स्वभाविक खेल देखाउन इरान तयार रहेकाे प्रशिक्षककाे भनाइ छ । इरानको बलियो रक्षापंतीलाई चिर्ने चुनौती मोरक्कोलाई रहँदा यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

मोरक्कोले पनि अफ्रिकन छनोटमा सनसनीपूर्ण नतिजा निकाल्दै विश्वकप अभियानमा रहेकाले स्वभाविक रूपमा पहिलो खेलमा जित निकाल्नुपर्ने चुनौती छ ।

तर, सदावहार एसियन सहभागीको छवि बनाउँदै आएको इरानले ब्राजिल विश्वकपमा अर्जेटिनाविरुद्ध गरेको प्रदर्शन धेरैले सम्झने गरेका छन् ।

समग्रमा मोरक्को र इरानबीचको खेल दुईमध्ये एक टिमले जितेमा भने समूहका अन्य प्रतिद्वन्द्वहरू पोर्चुगल र स्पेनमाथि दबाब बढ्नेछ ।

समूहका शीर्ष दुईले अघिल्लो चरणमा स्थान बनाउने भएकाले पहिलो खेलको तीन अंक दुवैका लागि उत्तिकै महत्वपूर्ण छ ।

आजै समूह बी का दुई खेल हुनेछन् । बेलुकी पौने ९ बजे मोरक्को र ईरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगल आमने सामने हुनेछन् ।
यो खेललाई समूह चरणको सबैभन्दा कठिन खेलको रुपमा हेरिएको छ ।

यो खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्नसक्छ । क्रिश्चियानो रोनाल्डोको पोर्चुगल साविक युरोपियन च्याम्पियन हो । दुई वर्षअघि युरो च्याम्पियनसिप जित्दा फाईनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिले पनि तिनै खेलाडीहरुको बाहुल्यता छ ।

उता स्पेनमा पनि विश्कै चर्चित खेलाडीहरु छन् ।

तपाईको प्रतिक्रिया