Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडाैं – म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा सहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनीहरुलाई सफाइ दिने फैसला गरेको हो ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र टोलीका फिजियोथेरापिष्ट डेजिव थापाविरुद्ध मुद्दा दायर गरिएको थियो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा उनीहरुलाई प्रहरीले २०७२ असोज २७ गते पक्राउ गरी एक महिना लामो अनुसन्धान पछि विशेष अदालतमा कात्तिक २२ गते राज्यविरुद्धको अपराध मुद्दा दर्ता गरेको थियो ।

उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप थियो । अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले थापा सहित उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरुलाई उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो ।

तपाईको प्रतिक्रिया