Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  फ्रेन्च ओपन टेनिसअन्तर्गत स्पेनिस खेलाडी रफाईल नदाल र अर्जेन्टिनाका डिएगो स्वार्जम्यानवीचको खेल वर्षाको कारण बिचमै रोकिएको छ ।

फ्रान्सको रोलाँ ग्यारोमा गएराती दोस्रो सेट चलिरहंदा वर्षा भएपछि खेल रोकिएको हो । खेल रोकिनुपूर्व अर्जेन्टाईनी खेलाडी स्वार्जम्यानले पहिलो सेट ६-३ ले जितेका थिएभने दोस्रो सेटमा नदाल ५-३ ले अघि थिए ।

यी दुई खेलाडीबीचको बाँकी खेल आज साँझ हुनेछ । स्वार्जम्यानसँग पहिलो सेट गुमाएका नदालले सन् २०१५ यता फ्रेन्च ओपनमा कुनैपनि सेट गुमाएको यो पहिलो घटना हो ।

फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फ रुसकी मारिया सारापोभा र रोमानियाकी सिमोना हालेप सेमिफाइनलकम पुगेका छन् ।

क्वाटरफईनलमा स्पेनकी गार्बीने मुगुरुजालाई ६-२ र ६-१ ले हराँउदै सारापोभा तथा जर्मनीकी एन्जेलिक केर्बरलाई ६-७, ६-३ र ६-२ ले हराँउदै हालेप सेमिफाइनलमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया