Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ ।इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो ।

राजनीतिक र अन्य केही दबाबले विश्वकप पूर्व ईजरायलसँग खेल्ने तय भएको अभ्यास खेल रद्द गर्नुपरेको अर्जेन्टाइनी खेलाडी गोन्जाले हिगुवानले पुष्टी गरेका छन् ।

उता विश्वकप फुटबलको आयोजक राष्ट्र रुसलाई मैत्रिपूर्ण खेलमा टर्कीले बराबरीमा रोकेको छ । विश्वकप पूर्वको अन्तिम अभ्यास खेलमा रुस र टर्कीले एक–एक गोलको बराबरी खेलेका हुन् ।

खेलको ३६ औं मिनेटमा रुसका सामेदोभले गोल गर्दै टोलीलाई अग्रता दिए पनि ६० औं मिनेटमा टर्कीका युनुस मल्लीले गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

विश्वपकको अभ्यासकै लागि खेलिएको अर्को खेलमा सर्बियालाई चिलीले पराजित गरेको छ ।

विश्वकपको तयारीमा रहेको सर्विया विरुद्धको खेलमा विश्वकपमा छनौट हुन नसकेको टोली चिलीलाई विजयी गराउन मारिपानले ८८ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो ।

रुसमा यही जुन १४ तारिखमा सुरु हुने विश्वकप फुटबलका लागि अहिले टोलीहरु अन्तिम तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया