Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – गर्भवती भएमा आमाले आफ्नो सन्तानको भविष्यका लागि विभिन्न कुरामा ध्यान पु-याउनुपर्छ । आफ्नो र पेटमा भएको शिशुको बारेमा निकै सचेत हुन आवश्यक हुन्छ । यस्तो अवस्थामा गरिने सानो गल्तीले पनि आफू र शिशु दुवैको ज्यान खतरामा पर्न सक्छ ।

त्यसैले यस्तो अवस्थामा खानपान, क्रियाकलापदेखि पेटमा हुर्कंदै गरेको शिशुको बारेमा पनि विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा पेटमा भएको शिशु हलचल गरेको छ वा छैन भन्ने विषयलाई पनि गम्भीरताका साथ लिन जरुरी हुन्छ ।

कति समयपछि चल्छ ?

समान्यतया गर्भ बसेको १२–२० हप्तासम्ममा आमाले पेटको शिशुले गरेको हलचलको अनुभूति गर्न सक्छ । त्यसपछि भने बच्चा चल्ने क्रम तीव्र हुन्छ ।

त्यसपछिका प्रत्येक दिन ८–१० पटकसम्म पेटमा शिशु हलचल गरेको अनुभव गर्न सकिन्छ । र, यो अनिवार्य पनि छ । तर, कहिलेकाहीँ आमा वा बच्चाको शारीरिक अस्वस्थामा आएको खराबीका कारण बच्चाको हलचल कम अनुभूति हुने गर्छ ।

यसकारण कम चल्छ

१. समयअगावै पाठेघरबाट साल छुट्टिँदा
बच्चा पेटमा रहँदा उसलाई चाहिने आवश्यक पौष्टिक तत्वको अभाव भएमा विभिन्न समस्या देखिन थाल्छ । यस्तो परिस्थितिमा शिशुको रक्तरञ्चारका साथै श्वासप्रश्वासमा समेत समस्या आउँछ । यस्तो क्रियाकलाप साल र नालबाट हुने भएकाले त्यो पहिले नै छुट्टिएमा शिशुलाई अप्ठ्यारो पर्न जान्छ ।

२. पाठेघर फुट्दा
पाठेघरमा चोटपटक लाग्दा वा अन्य कुनै कारणले पाठेघर फुट्न गएमा बच्चामा अक्सिजन सञ्चार हुँदैन । जसका कारण बच्चा कम चल्नेदेखि अन्य विभिन्न समस्या निम्तिन जान्छ ।

३. बाक्लो दिसा
शिशुले बाक्लो दिसा गरेको अवस्थामा पनि बच्चाको ढुकढुकी कम हुन जान्छ । कहिलेकाहीँ त्यस्तो बच्चाको ढुकढुकी बढी हुन पनि सक्छ । यस्तो प्रकृतिका बच्चाको धड्कनको गति प्रतिमिनेट सयभन्दा कम वा १८० भन्दा बढी हुन्छ । जसका कारण बच्चा कम चल्ने हुन्छ ।

४. नाल फुट्दा
शिशुको वृद्धिमा रोकावट, संक्रमण वा नालको दुर्घटनाको कारण पनि शिशु कम चलेको अनुभव हुन्छ ।

५. सिमिलिस रोग
‘सिमिलिस’ आमालाई लाग्ने एक प्रकारको यौन रोग हो । आमालाई यस्तो रोग लागेको अवस्थामा विभिन्न संक्रमणका कारण बच्चाको मृत्यु हुन जान्छ । मृत्यु भएको बच्चा हलचल गर्ने कुरै भएन ।

तपाईको प्रतिक्रिया