Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  पूर्व विश्व नम्बर १ नोभाक जोकोभिच १२ औं पटक फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार रातिको खेलमा स्पेनिस फर्नाण्डो भर्डास्कोलाई सोझो सेटमा हराउँदै सर्बियाली  जोकोभिचले अन्तिम आठको यात्रा तय गरे । उनले भर्डास्कोबिरुद्ध ६–३, ६–४ र ६–२ को सेटमा हराएका हुन् ।

आधुनिक ग्राण्डस्लाम इतिहासमा १२ पटकसम्म फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुग्ने उनी पहिलो खेलाडी हुन् । तर, रोनाल्ड ग्यारोसमा जोकोभिच सन् २०१६ मा मात्र च्याम्पियन बनेका छन् ।

जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटलीका मार्को सेचिनाटोसँग खेल्नेछन् ।

तपाईको प्रतिक्रिया