Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी छ ।

रुसमा जुन १४ तारिखमा सुरु हुने विश्वकपमा छानिएका सबै ३२ टोलीहरु यतिवेला अन्तिम तयारी र अभ्यास खेलमा व्यस्त छन् । विश्वकपको अभ्यास स्वरुप गएराति खेलिएको खेलमा ब्राजिलले क्रोएसियालाई २-० ले हराएको छ ।

खेलमा ब्राजिललाई विजयी गराउन नेईमार र फर्मिनोले एक–एक गोल गरे । विश्वकप तयारीकै लागि खेलिएको अर्को खेलमा स्पेनलाई स्विट्जरल्याण्डले एक–एक गोलको बराबरीमा रोकेको छ ।

खेलमा स्पेनका अल्भारो ओड्रियोजोलाले एक गोल गर्दा स्विट्जरल्याण्डका रिकार्डो रोड्रिग्वेजले बराबरी गोल गरेका हुन् ।

गएराति भएका अन्य मैत्रिपूर्ण खेलमा पेरुले साउदी अरेबियालाई ३-० ले हराउँदा कोस्टा रिकाले नर्दन आयरल्याण्डमाथि ३-० कै जित निकाल्यो । युक्रेनले अल्बानियालाई ४÷१ ले पराजित ग¥यो ।

तपाईको प्रतिक्रिया