Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  विश्वकप फुटबल सुरु हुन अब ११ दिनमात्रै बाँकी छ । रुसका विभिन्न १० रंगशालामा हुने विश्वकपका लागि अहिले सबै ३२ टोली अन्तिम तयारीमा व्यस्त छन् ।

विश्वकपको तयारीस्वरुप गएराति खेलिएको मैत्रिपूर्ण खेलमा विश्व विजेता जर्मनीलाई अष्ट्रियाले पराजित गरेको छ । खेलमा जर्मनी २–१ ले पराजित भएको हो ।

गएराति नै भएको अर्को खेलमा इंग्ल्याण्डले नाईजेरियालाई २–० ले हराउँदा बेल्जियम र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी आयरल्याण्डले अमेरिकालाई २–१ ले हराउँदा नर्वेले आईसल्याण्डमाथि ३–२ को जित निकालेको छ । डेनमार्क र स्विडेनले भने गोलरहित बराबरी खेलेका छन् ।

गएराति भएका अन्य खेलहरुमा चीनले थाईल्याण्डलाई २–० ले हराउँदा केन्याले न्युजिल्याण्डलाई २–१ ले, लात्भियाले ईस्टोनियालाई १–० ले तथा स्लोभेनियाले मोन्टेनेग्रोलाई २–० ले हराएका छन् ।

तपाईको प्रतिक्रिया