Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडाैं – नेपाल औपचारिक रुपमै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको वन डे वरियतामा समावेश भएको छ । नेपालले गत मार्चमा भएको विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक एक दिवसीय मान्यता पाएको थियो । आईसीसीले आज प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो ।

क्रिकेटमा इमर्जिङ राष्ट्रका रुपमा चिनिएका राष्ट्रमध्ये स्कटल्याण्ड र युएइले यसअघि नै आइसीसीको वरियता पाइसकेका थिए । नेपाल र नेदरल्याण्ड्सलाई भने आज वरियतामा राखिएको आइसीसीले जनाएको छ ।  वरियता अनुसार स्कटल्याण्ड २८ अंकसहित १३ औं स्थानमा छ । १८ अंक पाएको युएई १४औं र नेदरल्याण्ड्सले १३ अंक पाएको छ । नेपालसँग भने अंक छैन । नेपाल र नेदरल्याण्ड्सले आईसीसीको पूरै वरियतामा आउनका लागि अनिवार्य चार खेल खेल्नुपर्नेछ । ती खेलको नतिजापछि मात्रै वरियतामा घटबढ हुने आईसीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय वन डे वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ । दोस्रोमा इण्डिया, साउथ अफ्रिका तेस्रो र न्यूजील्याण्ड चौथो स्थानमा छन् । विश्व विजेता अष्ट्रेलिया पाँचाैं स्थानमा छ । वरियतामा त्यसपछि पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, र जिम्बावे छन् । त्यस्तै आयरल्याण्ड र स्कटल्याण्ड पनि वरियताको १२ औं र तेह्रौं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया