Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।मुम्बइको वाङखाडे रंगशालामा हुने खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

हैदरावदालाई हराउँदै चेन्नई यस अघि नै फाइनलमा प्रवेश गरेको हो भने शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा प्रवेश गरेको हो ।

रसिद खानको उत्कृष्ट प्रदर्शनमा साइराइजर्स हैदरावाद आईपीएल क्रिकेटको फाइनल प्रवेश गरेको हो ।

यसअघि पहिलो क्वालिफायरमा पनि हैदरावाद र चेन्नईबीच खेल भएको थियो । खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदरावाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो ।

समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो । शुक्रबार हैदरावादले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र जोड्न सक्यो ।

उसका लागि क्रिस लियोनले सर्वाधिक ४५ रन जोडे । दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सकेन । कोलकताको इनिङ कमजोर पार्न हैदरावादका रसिद खानले ३ विकेट लिए ।

उनले ४ ओरभमा १९ रन मात्र खर्चे । यस्तै कोर्लोस बाथवेट र सिद्धान्त कौलले २–२ विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन जोड्यो । उसका लागि ऋद्धिमान साहले ३५ रन र शिखर धनवले ३४ रन जोडे।

मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य ब्याट्सम्यानले उल्लेख्य रन जोडन नसकेपनि रसिद खानले १० बलमा नटआउट ३४ रन जोडे। उनी नै खेलको म्यान अफ द म्याच भए । बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया