Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं   – स्पेनीस क्लब बार्सिलोनामा दुई दशक विताएर यसै सिजनको अन्त्यसँगै विदा भएका आन्द्र इनिस्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने भएका छन् ।

इनिस्टाले बुधबार राति पत्रकासँग बोल्दै जापनीज फुटबल प्रतियोगिता जे लिगमा सहभागि टिम भिसेलमा अनुबन्धका लागि क्लबका मालिक हिरोशी मिकीतानीसँग कुरा अन्तिम चरणमा पुगेको बताए ।

उनले इन्स्टाग्राममा राखेको फोटोमा हिरोशीसँग उनि विशेष विमानमा बसेर कुरा गरेको देखिएको छ । बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका प्रमुख कार्यकारी समेत रहेका हिरोशीले इनिस्टालाई जापान आउट ठूलो आग्रह गरेका थिए । इन्स्टाको फोटोमा इनिस्टाले आफ्नो नयाँ थलोमा जाँदै भनेर क्याप्सन दिएका छन् ।

स्पेनिस मिडियाले जनाएअनुसार इनिस्टा जे लिगको उत्कृष्ट क्लब मध्येको एक मिसेलबाट खेल्ने पक्का भएको र यसका लागि उनले विहीबार औपचारिक घोषणा गर्ने जनाएका छन् । जे लिगमा अहिलेसम्म उपाधि जित्न नसकेको कोबी अहिले साताैँ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया