Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – ब्राजिलियन फुटबल स्टार नेइमार यो हप्ता मेडिकल टेस्टमा रहेका छन् । विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले नै उनी फिट हुने आशा गरिएको छ ।

नेइमारले खुट्टाको हड्डी भाँच्चिएपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेइनबाट पछिल्ला खेलहरु गुमाएका थिए ।

नेइमारले छिट्टै खेलमा फर्किन निकै मेहनत गरिरहेका छन् । फेब्रुअरीमा मार्सेलीविरुद्धको खेलमा चोटग्रस्त भएपछि त्यसयता नेइमार मैदानबाहिर छन् ।

यो हप्ता नेइमारको फिटनेसमा निकै सुधार आएको चिकित्सकहरु बताउँछन् । मेडिकल टेस्टको समयमा पनि नेइमारले दुवै खुट्टाले जम्प गरिरहेका तस्बिर सार्वजनिक भएका छन् । त्यस्तै उनले ट्रेडमिलमा एक्सरसाइज पनि गरिरहेका छन् ।

नेइमारले आफू फिट रहेको सन्देश आफ्ना प्रशंसकहरुलाई फोटो र भिडियोमार्फत जानकारी दिइरहेका छन् । ब्राजिलले विश्वकपको पहिलो खेल जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्नुभन्दा अघि क्रोएसिया र अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

समूह ‘ई’ मा ब्राजिलसँगै सर्बिया, कोस्टारिका तथा स्वीट्जरल्याण्ड रहेका छन् ।

तपाईको प्रतिक्रिया