Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएलमा सहभागी भएर नेपाली लेगस्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदैछन् । नेपाली क्रिकेट टीमका म्यानेजर रमण सिवाकोटीकाअनुसार, उनी सवा चार बजे काठमाडौं अवतरण हुनेछन् ।

देल्ली डेरडेभियल्समा आवद्ध उनी पछिल्ला ३ खेलमा मात्र सहभागी भएका थिए । अंक तालिकामा पुछारमा रहंदै लिग चरणबाटै बाहिरिएपनि देल्लीले सन्दीप सहभागी तीन खेल मध्ये २ मा जित निकाल्न सफल भएको थियो ।

३ खेलमा ५ विकेट लिएका सन्दीपले बिश्व चर्चित खेलाडिबाटै प्रशंसा बटुलेका थिए । आईपीएलमा देखाएको प्रदर्शनका कारण आईसीसीले उनलाई बिश्व ११ टोलीमा समावेश गरेको छ । बिश्व ११ ले वेष्टइण्डिजसंग च्यारिटी म्याच खेल्नेछ । उनी लगत्तै क्यारेबियन लिग खेल्न जानेछन् ।

तपाईको प्रतिक्रिया