Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  रुसमा अर्को महिना सुरु हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो २३ सदस्यीय टोली घोषणा गरेको छ । २०१० को विश्वकप विजेता स्पेनको टोलीमा केही ठूला र चर्चित नाम अटाएका छैनन् ।

इङ्लिस प्रिमियर क्लव चेल्सीका फाब्रिगास, अल्भारो मोराटा र मार्कस अलन्सो तथा आर्सनलका डिफेन्डर हेक्टर बेलेरिन रुस जाने टोलीमा अटाएनन् । प्रशिक्षक युलेन लोपेतेगुईले सार्वजनिक गरेको २३ सदस्यीय स्पेनिस टोलीको गोलकिपरहरुमा डेभिड डे गिया, पेपे रियना र केपा छन् ।

टोलीका डिफेन्डरहरुमा जेरार्ड पिके, सर्जियो रामोस, नाचो, जोर्डि अल्बा, नाचो मोन्रियाल, ड्यानि कार्भायल, सिजर अज्पिलिकुएटा र एल्भारो ओडियोजोला रहेका छन् ।

यसैगरी मिडफिल्डरहरुमा सर्जियो बुस्केट्स, साउल, आन्द्रिेयास इनिएस्टा, डेभिड सिल्भा, थियागो अल्कान्तारा, कोके र इस्को परेका छन् ।स्पेनिस टोलीको फरवार्ड लाईन एसेन्सियो, लुकास भाज्क्वेज, डिएगो कोस्टा, रोड्रिगो मोरिनो र इयागो आसपासले समाल्नेछन् ।

तपाईको प्रतिक्रिया