Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्र्तगत आज दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा दिल्ली डेयर डेविल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिल्लीको फिरोज साहकोटला मैदानमा हुने आजको खेल दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । त्यस्तै आजै हुने अर्को खेलमा चेन्नई सुपर किंग्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ ।

महाराष्ट्र क्रिकेट एशोसिएसन पुणेमा हुने यी दुई टोली बीचको खेल राति सवा ८ बजे सुरु हुनेछ । यसअघि गयराति भएको खेलमा राजस्थान रोयल्स र कोलकोत्ता नाइट राइडर्स विजयी भएका छन् ।

हिजो भएको पहिलो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३० रनले पराजीत गरेको हो । यस्तै दोस्रो खेलमा कोलकोत्ताले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजीत ग¥यो ।

आईपीएलमा आज सन्दिपको अन्तिम खेल 
इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामिछाने आज पनि खेल्दै हुनुहुन्छ । आज सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध बलिङ गर्नुहुनेछ ।यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गर्नु भएको थियो । सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया