Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –प्रतिष्ठित इङ्लिस घरेलु फुटबल प्रतियोगिता एफए कपको उपाधीका लागि आज चेल्सीले म्यान्चेष्टर युनाइटेडको सामना गर्दै छ ।

खेल नेपाली समयअनुसार राति १० बजे सुरु हुने छ । यो सिजनको अन्त्यसँगै स्टामफर्डब्रिज छोड्न लागेका चेल्सी प्रशिक्षक एन्टोनियो कोन्टे अन्तिम खेलमा टोलीलाई च्याम्पियन बनाउँदै बिदा लिने दाउमा छन् ।

हालै सम्पन्न इङ्लिस प्रिमियर लिगमा शीर्ष चारभित्र अटाउन नसकेपछि आगामी च्याम्पियन्स लिगमा स्थान बनाउन नसकेको चेल्सी आज उपाधी जित्दै समर्थकलाई राहत दिन चाहन्छ ।

उता चेल्सीका पूर्व प्रशिक्षक जोजे मौरिन्होको म्यान्चेष्टर युनाइटेड विजयी लय खोज्न संघर्षरत चेल्सीलाई पराजित गर्दै च्याम्पियन बन्ने दाउमा छ ।

यो सिजनको प्रिमियर लिगमा म्यान्चेष्टर सिटीभन्दा १९ अंकले पछि पर्दै दोस्रो भएको म्यान्चेष्टर युनाइटेड सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।

सेमिफाइनलमा चेल्सीले साउथह्याम्पटनको चुनौती पन्छाउँदै फाइनलमा स्थान बनाउँदा म्यान्यूले टोटनहाम हट्स्परलाई हराउँदै चेल्सीसँगको उपाधी भिडन्त पक्का गरेको थियो ।

तपाईको प्रतिक्रिया