Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वेस्ट विन्डिजविरुद्ध मे ३१ तारिखमा हुने टीट्वेन्टी खेलका लागि नेपालका सनसनीबाज स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको छ । हाल दिल्ली डेयर डेभिल्सबाट इन्डियन प्रिमियर लिग क्रिकेट खेलिरहेका १७ वर्षीय स्पिनरलाई आईसीसी विश्व-११ मा सन्दीपलाई समावेश गरिएको हो । बंगलादेशका स्पिनर सकिब अल हसनले नाम फिर्ता लिएपछि आइसिसीले सन्दिपलाई टोलीमा समावेश गरेको हो ।

इङ्ल्यान्डका कप्तान इओइन मोर्गनको कप्तानीमा रहेको आइसिसी-११ मा पाकिस्तानका साहिद अफ्रिदी, ब‌ंगलादेशका तामिम इकबाल, भारतका दिनेश कात्तिक, अफगानिस्तानका रसिद खान, न्युजिल्यान्डका मिचेल म्याकलेनघान, पाकिस्तानका सोएब मलिक, भारतका हार्दीक पान्ड्या, श्रीलंकाका थिसरा परेरा र न्युजिल्यान्डका लुक रोँची छन् । आईसिसीले विश्वभरका सदस्य देशबाट उत्कृष्ट खेलाडी छनोट गरी टिम बनाएर टीट्वेन्टी विश्व च्याम्पियनविरुद्ध खेलाउन लागेको हो । वेस्ट विन्डिजबिरुद्धको उक्त खेलमा सन्दिपले खेल्ने पक्का छ । आईसिसी टोलीमा रहेका अफ्रदी, रसिद र सन्दीप स्पीन स्पेसलिस्टका रुपमा रहने छन् । अफ्रिदी पुर्व विश्व नम्बर एक र रसिद वर्तमान नम्बर एक बलर हुन् ।

उक्त खेल क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा हुने छ। यस खेलबाट उठेको रकम आधीबेरीका कारण क्यारेबियन क्षेत्रमा भत्किएको रंगशाला पुनर्निर्माणमा खर्च गरिने छ । हाल इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेट खेलिरहेका सन्दीपले आईतबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै डेब्यु गरेका थिए। उनले त्यस खेलमा चार ओभर खेल्दै एक मेडन राखेर २५ रन मात्र खर्चिएका थिए । दुई वर्षअघि मात्र सिनियर टोलीमा डेब्यु गरेका सन्दीप पछिल्लो समय नेपाली क्रिकेटका दुत बनिरहेका छन् । 

तपाईको प्रतिक्रिया