Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  चोटग्रस्त स्टाईकर नेयमारलाई समेत समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागी राष्ट्रिय टोलीको घोषणा गरेको छ । ब्राजिलले घोषणा गरेको २३ सदस्यीय टोलीमा प्रेमियर लिग फुटवल आवद्ध खेलाडिको बर्चश्व छ ।

गत मार्चमा चोट बोकेका नेयमारलाई चिकित्सकले ३ महिना आराम गर्न सुझाएका थिए । ब्राजिलियन टोलीको अग्रपक्ति नेयमारसंगै रोबर्टो फिरिमिनो, ग्राबियल जिसस र टाईसनले सम्हाल्नेछन् ।

मिडफिल्डमा कासिमिरो, फर्नान्डिन्हो, पाउलिन्हो, फ्रेड, रेनाटो अगुष्टो, फिलिप काउटिन्हो, विलियन, र डुग्लास कोष्टा रहने छन् । डिफेन्डरमा डानिलो, मार्सेलो, फिलिपलुईस, थिएगो सिल्भा लगायतले स्थान बनाएका छन् ।

रसिया बिश्वकपमा ब्राजिलको गोल पोष्ट भने एलिसन, एडरसन र कासियोले सम्हाल्नेछन् । समुह ई मा रहेको ब्राजिलले १७ जुनमा स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्दै बिश्वकप फुटबलको सुरुवात गर्नेछ ।

त्यस्तै अर्जेन्टिना र मेक्सिकोले पनि बिश्वकपका लागी प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया