Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

मुम्बई –  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।

जितसँगै राजस्थानले प्ले अफ् चरणमा पुग्ने सम्भावना बढाउँदा मुम्बई दबाबमा परेको छ ।

गएराति मुम्बईले दिएको १६९ रनको लक्ष्य राजस्थानले जोस बट्लरको शानदार इनिङसँगै १८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । राजस्थानका लागि बट्लरले अविजित ९४ रन जोड्दा कप्तान अजिन्के रहानेले ३७ रन तथा सञ्जु स्याम्सनले २६ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । मुम्बईका सुरुवाती ब्याट्सम्यानहरु ईविन लेविसले ६० रन तथा सूर्यकुमार यादवले ३८ रन जोड्दा हार्दिक पाण्डेयले ३६ रन बनाएका थिए ।

गएरातिको जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक विजेता मुम्बई छैटौं स्थानमा झरेको छ ।

तपाईको प्रतिक्रिया