Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडौं – अमेरिकाको आयोवामा ५१ वर्षीय एक व्यक्तिको कुकुरले उनलाई गोलीप्रहार गरेपछि उनी अस्पताल भर्ना हुनुपरेको छ । गोलीप्रहारका कारण उनी घाइते भएका थिए । स्थानीय समाचारहरूका अनुसार, एक व्यक्तिले इमर्जेन्सी नम्बरमा डायल गरेर आफूलाई कुकुरले गोली हानेको बताए । घरपालुवा कुकुरसँग खेल्ने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

फोर्ट ब्रिजमा बस्ने रिचर्ड रेम्मेले बालेव नामक कुकुरलाई आफ्नो काखमा उफ्रिन सिकाउँदै थिए । त्यतिखेरै कुकुरले उनको पिस्तोलको सेफ्टी क्लिप खोलिदिए । उनको बेल्टमा पिस्तोल थियो । यस्तोमा काखमा आउनका लागि कुकुर उफ्रिँदा उसको खुट्टाको औंलामा फसेर ट्रिगर दाबियो । त्यसपछि उनले इमर्जेन्सी सर्भिस ९११ मा फोन गरेर आफूलाई गोडामा गोली लागेको खबर गरे ।  विज्ञहरू ट्रिगर सेफ्टी भएपनि कुकुरले गोली चलाउन सक्नु अचम्मको कुरा भएको बताउँछन् । –एजेन्सी

तपाईको प्रतिक्रिया