Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति राजस्थान रोयल्सले किङ्स ईलेभेन पञ्जाबलाई १५ रनले हराएको छ ।

राजस्थानको जयपुरमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनायो । उसका लागि जोस बट्लरले ८२ रनको योगदान गरे । बलिङतर्फ किङ्स इलेभेन पञ्जावका अष्ट्रेलियन बलर एन्ड्रिउ टाएले ४ विकेट लिए ।

जवाफमा १ सय ५९ रनको विजय लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो ।

पञ्जावका सुरुवाती ब्याट्सम्यान लोकेश राहुलले अविजित ९५ रन बनाए पनि अन्य सबै व्याट्सम्यानको सामुहिक योगदान ४८ रन मात्रै रह्यो ।

जितसँगै राजस्थान रोयल्सले आईपिएल अंक तालिकाको पाँचौ स्थानमा रहेको मुम्बई इण्डियन्ससँग अंक बराबरी गरेको छ । १० खेल खेलेका राजस्थान र मुम्बई दुबैको ८/८ अंक भएको छ ।

१६ अंक जोडेको हैदरावाद शिर्ष स्थानमा रहँदा १४ अंक जोडेको चेन्नाई दोस्रो, १२ अंक जोडेको पञ्जाव तेस्रो तथा १० अंक जोडेको कोलकाता चौथो स्थानमा रहेका छन् ।

आइपीएल क्रिकेटमा आज राति कोलकाता नाईट राईडर्स र मुम्बइ इन्डियन्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया