Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इङ्गलिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले स्वान्सी सिटीलाई १-० ले हराएको छ ।

स्वान्सी सिटीको मैदानमा गएराती भएको खेलमा साउथह्याम्पटनलाई महत्वपूर्ण जित दिलाउन ७२ औं मिनेटमा ईटालयन खेलाडी मानोलो ग्याबियादिनीले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै साउथह्याम्पटनले प्रिमियर लिगमै जोगिने संभावना बलियो पारेको छ । उसको यो जितले वेष्ट ब्रोमको भने रेलिगेशन पक्का भएको छ ।

लिगमा एक खेल खेल्न बाँकी छँदै वेष्ट ब्रोम रेलिगेशनमा पर्दै प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीको च्याम्पियनसिपमा झरेको हो ।

तालिकाको पुछारमा रहेको स्टोक सिटी यसअघि नैं रेलिगेशनमा परिसकेको छ ।

रेलिगेशनमा पर्ने अर्को टोलीको टुंगो भने लिगको अन्तिम चरणका खेलहरु पछि लाग्नेछन् ।

१८ औ स्थानको स्वान्सी सिटी रेलिगेशनमा पर्ने प्रबल संभावना छ । १७ औं स्थानको हडर्सफिल्ड टाउन पनि रेलीगेशनको खतरामा रहेको छ ।

तपाईको प्रतिक्रिया