Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  झापाको दमकमा जारी प्रथम दमक गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् ।

पहिलो सेमिफाइनल अन्तर्गत विभागीय डर्बिमा आज नेपाल एपीएफ र नेपाल पुलिसबीच  प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलमा पुलिसले थ्रीस्टारलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

एपिएफले भने मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सेमिफाइनल भिडन्त दमक बहुमुखी क्याम्पसको खेल मैदानमा अपरान्ह् ४ बजे सुरु हुनेछ ।

दुबै टोली फाइनल प्रबेशको लक्ष्यसहित आज मैदान उत्रनेछन् ।  यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा सरस्वती क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा उसले आर्मीको सामना गर्नेछ । विजेताले १३ लाख ११ हजार रुपैयाँ हात पार्ने प्रतियोगिताको १० टोली सहभागि छन् ।

तपाईको प्रतिक्रिया