Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा पञ्जावले राजस्थानलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै पञ्जाव लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

इन्दोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उसका लागि जोस बट्लरले ५१ तथा सञ्जु सामसनले २८ र श्रेयस गोपालले २४ रन बनाए ।

सुरुवात राम्रो गर्न नसकेको राजस्थानले ३ रनमा पहिलो विकेट गुमाएको थियो भने एक सय रन बनाउँदा ४ विकेट खेर फालेको थियो । त्यसपछि अरु ५२ रन जोड्दा थप ५ विकेट गुमायो । बलिङतर्फ पञ्जावका मजिव उर रहमानले तीन तथा एन्र्डु तेइले दुई विकेट लिए ।

जवाफमा पञ्जावले ८ बल बाँकि हुँदा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । ८७ रन बनाउँदा चार विकेट गुमाएको पञ्जावको जितमा लोकेश राहुलले विस्फोटक ८४ रन बनाए भने करुन नायरले ३१ तथा मार्कुस स्टोनीसले २३ रनको योगदान गरे ।

नौ खेल खेलेको पञ्जाले १२ अंक बनाएको छ भने पुछारमा रहेको राजस्थानको ६ अंक छ ।

तपाईको प्रतिक्रिया