Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बर्दिया – अघिपछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बारबर्दियामा थारु बस्तीमा यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको चहलपलह बढेको छ । सेता कोट (एप्रोन)लगाएका मानिसहरु घरघरै पुग्छन् । उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन् ।

घरमा मात्रै होइन् नजिकैको वडा कार्यलयमा स्वास्थ्य चाँजदेखि रगतका नमूना संकलन भइरहेको छ । थारु जातिमा मात्रै हुने रगत बन्ने प्रक्रियामा समस्य उत्पन्न हुने रोग सिकलसेलको नयाँ पुस्तामा हुने संक्रमण रोक्न सरकारले चलाएको अभियानसँगै बारबर्दिया क्षेत्रमा यस्तो चहलपहल देखिएको हो । जीवनभर उपचार दलदलमा पार्नेदेखि वर्षेनी सयौको ज्यान लिने सिकलसेल स्क्रिनिङ (जाँच)सँगै उनीहरुमा एउटा भरोशा पलाएको छ -भावी सन्ततीलाई यो ‘रगतखाने रोग’ (सिकलसेल)बाट बचाउँन सकिन्छ कि! गाउँभरीका थारुहरु दुई हप्तादेखि सबै काम छोडेर रगत जाँचका लागि लाइन लागेका छन् ।

रगत बन्ने प्रक्रिया ढिला भएर अनेक रोग गराउँने सिकलसेलबाट नयाँ पुस्तालाई जागाउँन सरकारले यस्तो कार्यक्रम चलाएको हो । एकपटक संक्रमण भएपनि निको नहुने सिकलसेलले बाँचुन्जेल उपचार गर्नुपर्दा थारु समुदायले निकै ठूलो सास्ती भोगेका छन् । जसमध्ये एक हुन् बारबार्दिया मरकठ्ठीका ३२ वर्षे मोहनलाल चौधरी । ७० सालतिर मोहनलालको पूरै शरीर खप्न नसक्नेगरी दुख्यो, यतिसम्मकी उनी उठ्न बस्न र हिड्न समेत सकेनन् ।

तपाईको प्रतिक्रिया