Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – पानी मानव स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीविना शरीरका कुनै पनि अंग बाँच्न सक्दैन । स्वस्थ जीवनका लागि दैनिक पर्याप्त मात्रामा पानी पिउन जरुरी हुन्छ । पानीले थुप्रै रोगबाट त बचाउँछ नै, छालाको समस्या पनि समाधान गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पानीले छालालाई चम्किलो राख्न मद्दत गर्छ । यसले अनुहारको चमक बढाउँछ । पानीको कमीले छाला ड्राई हुन्छ । त्यसैले सुक्खापन र चाउरीपनबाट बच्न पानीको प्रयोग गर्नुपर्छ ।

पानीको कमीले छाला चिलाउने, रातो हुने, एलर्जीलगायतका समस्या आउँछ । यसका साथै बाहिरको धुवाँ, धुलोले छालासम्बन्धी अन्य रोग पनि निम्तिन सक्छ । यस्तो समस्याबाट बच्न पनि प्रशस्त पानी पिउनुपर्छ ।

सुक्खा मौसममा बढी हावा चल्नुका साथै अत्यधिक धुवाँ–धुलो हुन्छ । जसले छालाको एलर्जी र डन्डिफोरको समस्या हुन्छ । प्रशस्त पानी पिउँदा यस्तो समस्याबाट पनि बच्न सकिन्छ ।

पानीको कमीले कम उमेरमै बूढो देखाउँछ । त्यसैले, खाली पेटमा पानी पिउने बानीले छालासमेत सफा हुन्छ । जब शरीरमा अधिक विषाक्त पदार्थ हुन्छ तब छालामा विभिन्न खालका दाग र धब्बा देखिन थाल्छन् । त्यसैले पानी पिउँदा शरीरमा भएको विषाक्त पदार्थ राम्रोसँग शरीरबाट बाहिर निस्कन्छ । जसले गर्दा अनुहारमा धब्बा देखिने, आँखाको वरिपरि चाउरी पर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

तपाईं डाइटिङ गरिरहनुभएको छ भने खाली पेट पानी पिउन जरुरी छ । खाली पेटमा पानी पिउँदा २४ प्रतिशतले मेटाबोलिक रेट बढेर जान्छ । यसरी पिएको पानीले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ । जसले बिस्तारै तौल घटाउन पनि भूमिका खेल्छ । पानीमा क्यालोरी नहुने भएकाले यसले स्वास्थ्यमा कुनै असर पु¥याउँदैन । प्रत्येक दिन चारदेखि पाँच लिटर पानी पिउनुलाई स्वस्थकर मानिन्छ ।

तपाईको प्रतिक्रिया