Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं- उच्च रक्तचाप र मधुमेह संवेदनशील रोग हो । यसबारे सधैँ सचेत हुन आवश्यक हुन्छ । यस्तो रोग लागिसकेपछि पूर्ण रूपमा निर्मूल पार्न सकिँदैन । यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । त्यसैले यस्ता बिरामीले खानामा विशेष ध्यान दिनुपर्छ । यसका साथै नियमित स्वास्थ्य जाँच गर्न पनि आवश्यक हुन्छ ।

उच्च रक्तचाप भएकाले

  • उच्च रक्तचापका बिरामीले कुनै समस्या नभएको अनुभव भए पनि वर्षको एकपटक सिसिसी गराउनुपर्छ ।
  • रक्तचाप नियन्त्रणमा भएको अनुभूति भए पनि ३ देखि ६ महिनाको अवधिमा चिकित्सकसँग परामर्श लिन भने जरुरी हुन्छ । नियन्त्रणमा नभएको अवस्थामा कम्तीमा महिनाको एकपटक वा डाक्टरको सल्लाहअनुसार परामर्श गर्नुपर्छ ।
  • टाउको, छाती दुख्दा, चक्कर लागेको अवस्थामा तत्कालै रक्तचापको परीक्षण गर्नुपर्छ ।
    छाती दुखेको अवस्थामा इजिजी गरिहाल्नुपर्छ ।
  • यसका बिरामीले चिनी, कोलेस्ट्रोल परीक्षण, इसिएओ, एक्सरेलगायत पनि गर्नुपर्छ ।

मधुमेह भएकाले

  • वर्षको एकपटक सिसिसी गराउने ।
  • वर्षको एकपटक आँखाको जाँच गर्ने ।
  • प्रत्येक ६–६ महिनामा मिर्गौला, मुटुको अवस्था र रगतमा कोलेस्ट्रोलको मात्रा परीक्षण गर्ने ।
  • प्रत्येक ३–३ महिनामा एचबिएवान सी जचाउने । यसले रगतमा ग्लुकोजको मात्रा थाहा हुन्छ ।
  • प्रत्येक महिना ब्लडसुगर र बिपी जचाउने ।
  • छाती दुख्दा तुरुन्त इसिजी गर्ने ।
तपाईको प्रतिक्रिया