Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – कतिपय महिलाले जुम्ल्याहा बच्चा चाहन्छन् । गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । आमाको कारणले मात्र जुम्ल्याहा बच्चा हुँदैन । यसमा बुवाको पनि उत्तिकै भूमिका हुन्छ । यो एक प्राकृतिक तरिका हो । यसलाई सुधार गर्ने कुनै उपाय या उपचार छैन । यी हुन् जुम्ल्याहा बच्चा जन्मनुका कारण :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

-यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ ।

-कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम ।

-बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पनि बढी हुन्छ । त्यो किनभने ओबुलेसनको क्रममा बढी उमेरका महिलाले एकभन्दा बढी अन्डको निर्माण गर्छन् ।

-यो एउटा वंशाणुगत कारण पनि हो । जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ । यस्ता महिलामा एकभन्दा बढी अन्डको निर्माण गर्ने आनुवंशिक गुण प्राप्त हुन्छ ।

-इन विट्रो फर्टिलाइजेसनमा जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ । यस्तो प्रक्रियालाई नेपालमा टेस्ट्युब बेबी भन्ने पनि गरिन्छ । यस्तो प्रक्रियामा एकभन्दा बढी भ्रुणको स्थानान्तरण गरिन्छ ।

प्रकार
समान देखिने जुम्ल्याहा
कुनै–कुनै जुम्ल्याहा बच्चा उस्तै देखिन्छन् । उनीहरूको रूप अंग एकैखालको हुन्छ । अन्डा एक स्पर्मबाट निषेचित भएमा यस्ता जुम्ल्याहा सन्तान जन्मन्छ । तर, केही समयपछि यस्तो अन्डा दुई भागमा विभाजित पनि हुन सक्छ । यी दुई बच्चाकै आनुवंशिक संरचना एकैप्रकारको हुन्छ । यी दुई बच्चा कि त केटा, कि त केटी हुन्छन् । एउटा केटा र अर्को केटी भने हुँदैन ।

फरक–फरक देखिने जुम्ल्याहा
महिलाको गर्भाशयमा फरक–फरक अन्डा निषेचित भएमा फरक–फरक रूप रङका बच्चा जन्मने गर्छन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छन् । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ । यी दुई कम र बढी उमेरका जस्ता देखिन्छन् ।

तपाईको प्रतिक्रिया