Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं – चिकित्सा शिक्षा र सेवा सुधारकालागि अनसनरत डाक्टर गोविन्द केसीको मागबारे सरकार गम्भिर रहेको सरकारी वार्ता टोलीका सदस्यले बताएका छन् ।

सरकारी वार्ता टोलीका संयोजक प्रधानमन्त्री कार्यालयका सचिव ङईन्द्र प्रसाद उपाध्यायले संसदबाट पुरा हुनुपर्ने माग सम्वन्धमा वैकल्पिक विधि अपनाउन समय लाग्ने भएकाले ठोस सहमती हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, डा केसीको मागबारे सरकार गम्भिर छ ।

संसद नभएका बेला अपनाउनुपर्ने विकल्पमा भएको छलफलका कारण मात्रै ढिलाई भएको हो । वार्ताका क्रममा बनेको मस्यौदामा डाक्टर केसीले केही परिवर्तन गर्न चाहेका कारण पनि सहमतिमा ढिलाई भएको उहाँको भनाई छ ।

डा. केसीको १३ औं पटकको अनसन १४ दिन देखि जारी रहँदा स्वास्थ्य अवस्था भने नाजुक बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

तपाईको प्रतिक्रिया