आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – तेस्रो लिङ्गीका विषयमा साहित्यकार गीताकेशरीले लेख्नुभएको उपन्यास ‘नयाँ अध्याय’ आज सार्वजनिक गरिएको छ ।

ऐरावती प्रकाशनद्वारा प्रकाशित उपन्यास २३ भागमा लेखिएको छ । आज आयोजित कार्यक्रममा प्रा राजेन्द्र सुवेदीले उपन्यास सार्वजनिक गर्दै अनुसन्धानमूलक उपन्यासले समाजबाट हेपिएका तेस्रोलिङ्गीलाई अधिकार स्थापित गराउन सहयोग पुर्याउने जिकिर गर्नुभयो ।

उपन्यासमाथि समीक्षा गर्दै डा देवी नेपाल र गीता त्रिपाठीले उपन्यासमा शारीरिक अङ्ग पुरुष तर मानसिक रुपमा महिला भएर बाँच्नुपर्ने तेस्रोलिङ्गीको व्यथालाई सरल भाषा लेखिएको बताउनुभयो ।

लेखिकाले सामाजिक परिवेशमा बस्न नसकी जीवनदेखि भाग्न खोज्ने तेस्रोलिङ्गीलाई बाटो देखाउन उपन्यासले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया