Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको (नुहाएर जिउ पुछेको) तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो ।

यस्तो, तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण (जस्तोः पानी, तापक्रम र पर्याप्त अक्सिजन) हुन्छ । ओसिलो ठाउँमा ‘माइक्रोब्स’को बास हुन्छ । यसै कारण टियर्नो भन्छन्, ‘कुनै पनि तौलिया धुनुअघि तीन पल्ट मात्र प्रयोग गर्नु ठीक हुन्छ । र त्यो पनि हरेक पल्ट प्रयोगपछि तौलिया पूर्ण रुपमा सुख्खा (सुकेको) हुनुपर्छ ।’

तौलिया सुख्खा वा धेरै समय चिसो–भिजेको कुरा त्यसबाट आउने गन्धबाट थाहा पाउन सकिन्छ । ‘तौलियाबाट गन्ध आइरहेको छ भने, जहाँबाट गन्ध आउँदै छ, त्यहाँ ‘माइक्रोब्स’ मौलाइरहेका हुन्छन् । त्यसैले तत्काल तौलिया धोइहाल्नुपर्छ,’ टियर्नो भन्छन् । ब्याक्टेरियाले भरिपूर्ण तौलियाले शरीर पुछे तपाईंका शरीरमा ती ब्याक्टेरिया सर्छन् । फलस्वरुप फोहर र संक्रमण सफा गर्न भर्खर तपाईंले नुहाएको सबै बेकार हुन जान्छ ।

त्यसमाथि पनि यदि तपाईं तौलिया अरुसँग साझा गरिरहनु भएको छ भने तपाईंको शरीरले नचिनेका जीवाणु र संक्रमण तपाईंमा सर्न सक्छ । टियर्नो भन्छन्, ‘जस्तो कि ‘स्टेफ्नोककस औरस’ले घाउरडन्डीफोर आउन सक्छ वा संक्रमण हुन सक्छ ।’ तर के स्मरण गर्नु आवश्यक छ भने, सबै माइक्रोब्स हानिकारक हुँदैनन् । यथार्थमा तीमध्ये धेरै हानिकारक हुँदैनन् र लामो समयमा केही माइक्रोब्स लाभदायक पनि हुन्छन् ।

चिकित्सा क्षेत्रमा प्रचलित एउटा मान्यता ‘हाइजिन हाइपोथेसिस’ अनुसार सानो उमेरमा नै केही जीवाणू र केही निश्चित संक्रमण बालबालिकाले सामना गरे मात्र उनीहरूमा रोग प्रतिरोध क्षमता बलियो हुने र भविष्यमा सामान्यखालका संक्रमण सहजै पराजितगर्ने विश्वास गरिन्छ । यसो भन्दैमा गन्हाउने तौलिया कसैलाई पनि मन पर्दैन । खासगरी, त्यस्तो तौलिया जसको गन्धले नै जीवाणूको स्वर्ग भएको संकेत दिइरहेको हुन्छ । -एजेन्सी

तपाईको प्रतिक्रिया