Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने बैंकहरुलाई आगामी शनिबार कार्यालय खुल्ला राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आज सूचना जारी गरी चालु आर्थिक बर्षको अन्तिम दिन आगामी असार ३१ गते शनिबार परेपनि राजश्व दाखिला तथा हिसाब मिलानका लागि पूरै दिन कार्यालय खोल्न निर्देशन दिएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयको आग्रह अनुसार आईपिएस मार्फत भुक्तानी गर्ने व्यवस्था तथा राजश्व रकम बुझ्ने र राजस्व दाखिला सम्बन्धी चेकहरु समेत बुझी सोही दिन प्रक्रिया टुङ्गयाई राजश्व जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया