नवलपरासी – नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रतापपुरमा नेपाली कांग्रेसका राजकुमार शर्माले ४४३६ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्धन्द्धी नेपाल लोकतान्त्रिक फोरमका खेम नारायण चौधरीले ३७२७ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उपाध्यक्षले ४६८६ मत ल्याएर विजयी हुनुभएको छ ।