Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

पाँचथर –  सात गाउँपालिका र एक नगरपालिकासहित आठ ओटा स्थानीय तह रहेको पाँचथरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । चार ओटा गाउँपालिका र एउटा नगरपालिकामा कांग्रेसले अग्रता लिएको हो ।

फिदिम नगरपालिका, मिक्लाजु गाउँपालिका, तुम्बेवा गाउँपालिका, याङवरक गाँउपालिका र फाल्गुनन्द गाउँपालिकामा कांग्रेसले अग्रता लिएको हो ।  नेकपा एमालेले कुम्मायक गाउँपालिका र हिलिहाङ गाउँपालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले फालेलुङ गाउँपालिकामा अग्रता लिएको हो । मतगणना निकै सुस्त भएकाले फिदिम नगरपालिकाको अन्तिम परिणाम आउन केही दिन लाग्ने मूख्य  निर्वाचन अधिकृत राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सात ओटा गाउँपालिकाको परिणाम शनिबार साँझसम्ममा आउने अनुमान गरिएको छ । तुम्बेवा गाउँपालिकाको गणना अन्तिम चरणमा पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया