Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बाजुरा –  बाजुराको ९ स्थानीय तह मध्ये ५ वटा तहको मतपरिणाम सार्वजनिक हुँदा एमालेले दुई र कांग्रेसले तीन तहमा जित हासिल गरेको छ ।

पाण्डपगुफा गाउँपालिका प्रमुखमा एमालेका कालीबहादुर शाही १४५१ मत ल्याएर विजयी हुनुभएको छ, उपमेयरमा एमालेकै ऐना गिरी विजयी हुनुभएको छ ।

बाजुराकै गौमूल गाउँपालिकाको मेयरमा एमालेका हरि रोकाया २,२४० मतसहित विजयी हुनुभएको छ भने उपमेयरमा एमालेकै सीता थापा २२०१ मत ल्याएर विजयी हुनुभएको छ ।

बाजुराको हिमाली गाउँपालिका, छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा भने कांग्रेसले जित हासिल गरेको छ । हिमाली गाउँपालिकामा नेपाली कांग्रेसका गोबिन्द बहादुर मल्ल १२४९ मत ल्याएर विजयी हुनुभएको छ भने उपमेयरमा कांग्रेसकै चन्द्रादेवी बुढा विजयी हुनुभएको छ ।

बडिमालिका नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पदम बहादुर बडुवाल र उपप्रमुखमा कांग्रेसकै कविता विष्ट विजयी हुनुभएको छ । छेडेदह गाउँपलिका अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर रावत र कांग्रेसकै कुन्ती बूढा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । नरबहादुर रावतले ३७०५ र कुन्ती बूढाले ३६७१ मत पाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया