Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – बझाङको दुर्गाथली गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका प्रयागराज जोशी १ हजार ५ सय ९० मतका साथ विजयी हुनु भएको छ । उपाध्यक्षमा पनि एमालेकै पार्वती जप्रेल १६१२ मतका साथ विजयी हुनु भएको हो ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका अध्यक्ष उम्मेदवार जनक दौल्यालको १ हजार ४ सय ५३ मत र उपाध्यक्ष उम्मेदवार शान्ति महतको ८ सय ५३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै बझाङकै बित्थडचिर गाउँपालिकामा पनि एमालेले जितेको छ । अध्यक्षमा एमालेका प्रेमबहादुर बोहोरा २ हजार १ सय ५५ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर खड्काले १ हजार ६ सय ३५ मत प्राप्त गर्नु भएको थियो ।  उपाध्यक्षमा एमालेकै जानकी बोहोरा २ हजार १ सय ६५ मत सहित विजयी हुनु भएको छ भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी कमला जोशीले १ हजार ७ सय ९३ मत प्राप्त गर्नु भएको छ ।

बझाङका १२ स्थानीय तहमध्ये हालसम्म ५ गाउँपालिकाको मतगणना सकिएको छ । जसमध्ये ४ गाउँपालिका एमालेले जितेको छ भने एउटामा कांग्रेसले जितेको छ ।

तपाईको प्रतिक्रिया