Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – डडेल्धुराका दुईवटा गाउँपालिका नेपाली काग्रंसले जितेको छ । आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकामा प्रमुख र उपप्रमुखमा नेपाली काग्रंस विजयी भएको हो ।

आलिताल गाउँपालिकामा नेपाली कांग्रेसका बलबहादुर गुरुङ्गले २२६१ मत ल्याइ निर्वाचित हुनुभयो उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगत पार्कीले २०९८ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसका जला देवी वोगटीले २२४२ मत ल्याइ निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रकै हरिना खत्रीले १९९४ मत ल्याउनुभयो ।

डडेलधुराकै भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट कौषिला भट्ट विजयी हुनुभएको छ । भट्टले २००७ मत ल्याएर जित हात पार्नुभएको हो । एमालेका प्रमुख पदका उम्मेदवार विष्णु ठकुराठीले १८४४ मत ल्याउनुभयो ।

उपप्रमुखमा नेपाली कांग्रेसकै पदम वोहराले १८४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेकी कमला मालीले १४९५ मत ल्याएर पराजित भएका छन । डडेल्धुराको अमरगढी नगरपालिकामा एमालेले विजयी हासिल गरि सकेको छ भने वाकि गन्यापधुरामा र नवदुर्गामा कांग्रेसकै अग्रता छ ।

तपाईको प्रतिक्रिया