Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – डोटीको केआईसिह गाउँपालिकामा नेपाली कांग्रेसका लोकेन्द्र शाहीको प्यानल बिजयी भएको छ । सबै वडामा कांग्रेसकै प्यानल बिजयी भएको छ ।

उहाँले नेकपा एमालेका यज्ञराज जोशीलाई एक हजार पाच सय ६२ मतको फराकिलो अन्तरले पराजित गर्नु भएको हो । शाहीले तीन हजार एक सय ८८ मत ल्याउनु भएको थियो भने एमालेका प्रत्यासी जोशीले एक हजार ६ सय २६ मत ल्याउनु भएको छ ।

त्यसै उपाध्यक्षमा कांग्रेसकी मिना बिष्टले ३ हजार १ सय ७५ मत ल्याएर बिजयी हुनु भएको छ । एमालेबाट उपाध्यक्षकी उम्मेदवार लक्ष्मीदेबी जोशीले एक हजार ६ सय १९ मत ल्याउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया