Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा पछिल्लो पटक २१ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेले अग्रता लिएको छ ।

एमालेले एक नगरपालिकासहित १० स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ३ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।

अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ । एमाले ११७, कांग्रेस ११५ र माओवादी केन्द्रको ४३ ठाउँमा अगाडि देखिएका छन् ।

कुन पार्टीले कहाँ-कहाँ जिते ?

एमाले
१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. वित्थचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ

कांग्रेस

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४.काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सुलिचुङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी

माओवादी
१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम

राष्ट्रिय जनमोर्चा
१. मल्लरानी गाँउपालिका, प्यूठान

 

तपाईको प्रतिक्रिया