Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – निर्वाचन आयोगले सबै दलका उम्मेदवार र प्रतिनिधिलाई संयमित भएर मतगणनामा सहयोग गर्न आग्रह गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३२ स्थानीय तहमा बुधबार भएको मतदानको मतपरिणाम आउने क्रम चलिरहेको छ ।

अहिलेसम्म बझाङको काँडा र मस्टा गाउँपालिका, बाजुराको पाण्डवगुफा गाउँपालिका, संखुवासभाको चिचिला र सिलिचोङ गाउँपालिका तथा सोलुखुम्बुको लिखुपिके गाउँपालिका गरी ६ स्थानीय तहको परिणाम आइसकेको निर्वाचन अयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको १÷१ तह र अछामको २ तह गरी ८ स्थानीय तह बाहेक सबै स्थानीय तहको मतगणना चलिरहेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको याङ्मा मतदान केन्द्रको मतपेटीका ल्याउन नसकेपछि अहिलेसम्म मत गणनामा सुरु भएको छैन । त्यहाँबाट हेलिकोप्टरमार्फत मतपेटिका केन्द्रमा ल्याउनुपर्ने भएपनि मौसम सफा नभएकाले मतपेटिका ल्याउन नै समस्या भएको हो ।

यस्तै अरु जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाई भएको उहाँले बताउनुभयो । केही ठाउँमा राजनीतिक दल तथा उम्मेदवारको समन्वय अभावमा मतगणनामा ढिलाई भएको भन्दै संयमित भएर मतगणनामा सहभागी हुन पनि आयोगले आग्रह गरेको छ ।

यस्तै बुधबार मतदान स्थगित भएका रुपन्देहीको कोटहिमाही गाउँपालिका वडा नं. १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को पाण्डु मा.वि. मतदान केन्द्रमा शुक्रबार बिहान ७ बजेदेखि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया