मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले मुलुकका सात स्थानमा चट्याङको पूर्व सूचना दिने चट्याङ प्रविधि स्टेशन स्थापना गरेको छ । थप दुई स्थानमा आगामी शनिबारसम्म स्टेशन स्थापना गर्ने विभागको तयारी छ ।

विभागका अनुसार स्टेशनमा चट्याङबारे सूचना दिने प्रविधि जडान गरिसकिएको छ । जल तथा विज्ञान विभागका शाखा प्रमुख ऋषिराम शर्माका अनुसार काठमाडौं, विराटनगर, पोखरा, सिमरा, भैरहवा, सुर्खेत, धनगढीमा चट्याङको पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ ।

ती स्टेशनबाट चट्याङबारे सही सूचना संकलन, तथ्यांक, चट्याङको वास्तविक समय र चट्याङबारे पूर्व सूचना पाउन सकिने उहाँले जानकारी दिनुभयो । आगामी शनिबारसम्म नेपालगञ्ज र तुम्लिङटारमा प्रविधि जडान भइसक्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया