Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पाल्पा – बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि पाल्पाको गैलुक, लामटाङ र लाँकुरीका बासिन्दामा  खुशीयाली छाएको छ । रामपुर नगरपालिकाको वडा नम्बर ३ र ४ का गाउँमा बिजुली पुगेको हो ।

नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै यतिबेला उज्यालोमय बनेको छ । वर्षौदेखि टुकी बालेर जीवन गुजारा चलाएका यहाँका स्थानीय बासिन्दालाई टुकी र लालटिन बाल्ने झन्झट अन्त्य भएको छ । मोवाइल, लाइट चार्ज गर्नका लागि दैनिक दुई/तीन घन्टाको पैदल हिँडेर अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएका यहाँका स्थानीय बासिन्दा यतिबेला खुशीयाली छ ।

साबिक दर्छा गाविसको पाँच लाख सहयोग, जिविस पाल्पाको ११ लाख, विद्युत् प्राधिकरण केन्द्रबाट १३ लाख, स्थानीय उपभोक्ताबाट उठाइएको १० लाख ५० हजार र स्थानीयवासीको जनश्रमदानबाट नौ लाख ५५ हजार ५०० गरी जम्मा ४९ लाख पाँच हजार ५०० को लागतमा विद्युत् विस्तार गर्न सफल भएको विद्युत् विस्तार समितिका लागि सचिव रुद्र नेपाली बताउनुहुन्छ ।

विद्युतीकरणबाट यस क्षेत्रका १८२ घरधुरीका स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यहाँ बिजुली बलेपछि बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न, रेडियो बजाउने सेवासुविधा उपभोग गर्न पाएपछि गाउँ नै परिवर्तन भएको ५३ वर्षीय सीता ज्ञवाली बताउनुहुन्छ । गाउँमा बिजुलीको पोल गाड्न थालेको लामो समय भएपनि सुविधा उपभोग गर्न पाइएकामा निकै खुशी लागेको उहाँले बताउनुभयो ।

गाविसबाट नगरपालिकामा परिणत हुँदा पनि विद्युत् सेवा सुविधाबाट टाढा रहेका यहाँका स्थानीय बासिन्दाले ढिलै भए पनि विद्युत् उपभोगको सेवा पाएपछि आफूलाई बल्ल नगरको बासिन्दा भएको अनुभूति गर्न थालेका छन् ।

बुटवल पावर कम्पनी लिमिटेडमार्फत गाउँमा विद्युत् विस्तार गरिएको हो । रामपुर नगरपालिकाको केन्द्रबाट टाढा, दुर्गम र अति विकटमा पर्ने गैलुक, लामटाङ र लाँकुरीमा ठूलो प्रयास तथा मेहनतले लामो समय लगाएर भएपनि बिजुली बाल्न सफल भएको विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष खेम राना बताउनुहुन्छ । “सामान लिन नगरपालिकाको केन्द्रमा दुईदेखि तीन घन्टाको समय खर्चेर जानुपर्ने, समयमा नै आवश्यक सामान पुर्‍याउन नसक्दा काममा निकै झन्झट बेहोर्नु पर्‍यो”, उहाँले भन्नुभयो ।

भौगोलिक कठिनाइ, बजारदेखि टाढा हुँदा भनेको समयमा सामान उपलब्ध गराउन सकिएन, कच्ची बाटो र सानो पानी परेपनि यातायात ठप्प हुने जस्ता समस्याका बाबजुद पनि गाउँमा विद्युत् विस्तार गर्न सफल भएको रानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया