Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – पहिलो चरणको स्थानीय चुनावको बेला विवाह समारोह कम भएकाले सुनको कारोबार पनि घटेको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार वैशाखको अन्तिममा चुनावी चहलपहल बढ्ने बित्तिकै विवाह कम भएपछि सुनको कारोबार आधाले घटेको हो ।

वैशाख १९ गते उम्मेदवार मनोनयन अघिसम्म वैवाहिक कार्यक्रम भएपनि उम्मेदवार मनोनयनपछि छिटफुट बाहेक विवाह समारोह भएनन् । वैशाख महिनामा २, ५, ७, १७, २३, २४, २५, २६, २८ र २९ गते गरी १० दिन बिवाहको लगन रहको थियो ।

१९ गतेपछि चुनावी चहलपहल ह्वातै बढेका कारण वैवाहिक समारोह कम मात्र भयो । जसका कारण सुनचाँदीको कारोवारमा आधाले कम आएको व्यवसायीले गुनासो गरेका छन् ।
पहिलो चरणको स्थानिय चुनावले प्रभाव पारेको सुनचाँदीको कारोवार असार १४ मा हुने दोस्रो चरणको चुनावमा पनि प्रभाव पार्ने देखिएको छ । असारमा सुन कारोबार राम्रो हुने व्यवसायीले आश गरेका थिए ।

तर सरकारले दोस्रो चरणको चुनाव असार १४ लाई तोकेपछि सुन व्यवसायी निराश भएका छन् । वैशाख र असार महिना विवाहको लगन हुने र यो समयमा सुनको कारोवार बढने भएत पनि स्थानिय चुनावले सुनचाँदीको कारोवारमा निकै असर पारेको सुन व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा वैशाख महिनामा दैनिक  ५० किलो सुनको व्यापार हुने गरेपनि चुनावले गर्दा सुनको व्यापारमा आधा कम भएको उहाँले बताउनुभयो । असार महिनामा यसअघि सरदर ४० किलो सुनको व्यापार हुँदै आएको र यसपाली चुनावले गर्दा दैनिक ३०–३५ किलो सुनको व्यापार हुने आशा गरेको शाक्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया