Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – ‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ ।
यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा) ले जनाएको छ ।

सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

“यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग १२, १३, ३९, ७८६ किमि ९०.८११ खगोलीय एकाइ को दूरीमा रहनेछ,” अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले पृथ्वीदेखि सूर्यसम्मको दूरीलाई खगोलीय भाषामा १ खगोलीय एकाइ भनिने जानकारी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया