Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – गत शुक्रबार काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापालाई पक्राउ गरेर सोह्रखुट्टे बृतका प्रमुख डिएसपी सौमेन्द्र राठैरले जानकारी दिनुभयो ।

लुटेराहरुको साथबाट प्रहरीले साडे २ लाख रुपैयाँ मात्र बरामद गरेको छ । लुटमा संलग्न अन्य केही ब्यक्ति भने पैसा लिएर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकुमार विकबाट शुक्रबार रकम लुटिएको थियो ।

पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको १० लाख गरी ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा ४५ प ४५२५ नंको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया