Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं –  आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल आज सुरु हुँदैछ । व्यवस्थापिका संसदको आजको बैठकमा छलफल सुरु हुनेछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ ।

सरकारका तर्फबाट पेस भएका प्राथमिकतामा संसद्मा छलफल सुरु हुनेछ । सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार एक दिनमात्र बजेटको प्राथमिकतामा छलफल हुनेछ । छलफलपछि सरकारले सोही प्राथमिकताका आधार बजेटको तयारी गर्नेछ ।

संवैधानिक प्रावधानअनुसार जेठ १५ गते सरकारले सदनमा बजेट पेस गर्नेछ । बिहीबार सदनमा सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । नीति तथा कार्यक्रममा पनि सदनमा जेठ ११ गतेको दोस्रो बैठकपछि दुई दिनसम्म छलफल हुनेछ ।

संसद्को बजेट अधिवेशन हिजोदेखिसुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका लागि गर्नुभएको पत्राचार सदनमा पढेर सुनाउँदै सभामुख ओनसरी घर्तीले अधिवेशनको सुरुवात गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया