Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेको छ । उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते पूर्ण आकारको बजेट आउने बताउनु भएको हो । उहाँले निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने स्पष्ट पार्नु भयो ।

अाज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेट बारे छलफल गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले राजनीतिक सहमतिकै आधारमा बजेट पूर्ण आकारमै ल्याउने तयारी भइरहेको जानकारी दिनु भयो । अर्थमन्त्री महराले बजेटले संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन, राष्ट्रिय महत्वका आयोजनाहरुलाई निरन्तरता दिने पनि बताउनु भयो । उहाँले स्थानीय तहलाई अधिकार सम्पन्न गराउन पनि बजेटले प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।

अर्थ मन्त्रायलयले राष्ट्रिय पुनर्निमाणको काम र राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी ढंगले अघि बढाउन पनि बजेटमा व्यवस्था गरिने जनाएको छ । अर्थमन्त्री महराले पूँजिगत खर्च यस वर्ष बढेको पनि स्मरण गराउनु भयो । उहाँले राजनीतिक सहमति कायम गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन बजेटले विशेष जोड दिने पनि दोहोर्याउनु भयो । अर्थ मन्त्रालयले प्रशासनिक पुनर्संरचनाका लागि पनि आवश्यक बजेट विनियोजन गर्नेछ ।

तपाईको प्रतिक्रिया